नेपाल–अस्ट्रेलिया सिधा उडानको तयारीमा नेपाल एयरलाइन्स
नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अस्ट्रेलिया सिधा उडानको अन्तिम तयारी गरिरहेको जनाएको छ। सन् २०१९ मा नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएको थियो।
निगमले अस्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाइसकेको र अस्ट्रेलियन नागरिक उड्डयनसँग उडान अनुमतिको प्रतीक्षामा रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
‘अनुमतिका लागि अस्ट्रेलियन नागरिक उड्डयनलाई पत्राचार गरिसकेका छौं...














