लन्डन आइपुगे मह जोडी
वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लन्डन आइपुगेका छन्।
‘मह जोडी युके टुर’ का लागि कलाकार द्वय बिहीबार साँझ हिथ्रो उत्रिएका हुन्। महका साथ मदनकृष्णका छोरा यमन श्रेष्ठ, छोरी सराना र आचार्यकी जीवनसंगिनी रमिला पनि छन्।
मह जोडी तथा टोलीका अन्य सदस्यलाई आयोजक द गोर्खा सेन्टरका संस्थापक तथा सिइओ भीम तामाङ लगायत स्वयंसेवक युवा र विभिन्न संघ संस्थाका प्रतिनिधिले विमानस्थलम...














