फिल्म ब्रह्मास्त्र २ र ३ को एकैसाथ छायांकन हुने

फिल्म ब्रह्मास्त्र २ र ३ को एकैसाथ छायांकन हुने
एजेन्सी । भारतीय निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को सँगै छायांकन गर्ने जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ छायांकन गर्ने बताएका हुन् । उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताएका छन् । भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै अयानले भने ‘यसपटक हामी ‘ब्रह्मास्त्र २’ र ...

सुध्रिएन ‘मुन्द्रेको कमेडी क्लब’को स्क्रिप्ट, अझै भेटिएन हाँस्ने ठाउँ

सुध्रिएन ‘मुन्द्रेको कमेडी क्लब’को स्क्रिप्ट, अझै भेटिएन हाँस्ने ठाउँ
हाँस्य कलाकार जितु नेपाल र निर्देशक दिनेश डीसीको टिमले तयार पारेको ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो भाग प्रशारण भएको छ । पहिलो भाग प्रशारण भएपछि हामीले ‘हाँस्ने कहाँ हो’ भनेर प्रश्न सोझ्याएका थियौँ । तर, तेस्रो भागसम्म आइपुग्दा पनि यो कमेडी शोमा हाँस्ने ठाउँ फेला पार्न मुस्किल भएको छ । अध्यक्ष पदमा रहेकी नायिका प्रियंका कार्कीले समेत हाँस्ने ठाउँ फेला नपारेको शो हेर्दा प्रष्ट हुन्छ । शोमा ...

यी हुन् हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी

यी हुन् हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी
काठमाडौं । हिमालय लोकस्टारका अन्तिम १० जना प्रतिस्पर्धी घोषणा गरिएको छ । लोकगायनमा आधारित यो रियालिटी शोका यी फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अन्तिम १० मा बलराम विश्वकर्मा, विकास परियार, कमलराज जोशी, किरण बीसी, लोकमाया लिम्बू, पवित्रा मगर, पलबहादुर सिंह, पीएन साइँला, राजेन्द्र घर्ती मगर र सन्तोष क्षेत्री छन् । निर्देशक सिमोस सुनुवारले आगामी चरणमा दर्शकको भोट निर्णायक हुने भन्दै...

भग म्यागजिनको कभर स्टार बनिन् १०६ वर्षीया वृद्धा

भग म्यागजिनको कभर स्टार बनिन् १०६ वर्षीया वृद्धा
काठमाडौं । फेसनको बाइबल मानिने भग म्यागजिनले आफ्नो फिलिपिन्स संस्करणमा एपो-वाङ-ओड नामक एक १०६ वर्षीया ट्याटु कलाकारलाई कभर स्टारको रुपमा प्रस्तुत गरेको छ । यससँगै उनी विश्वप्रसिद्ध भग म्यागजिनमा मोडलको रुपमा देखापर्ने सबैभन्दा वयोवृद्ध व्यक्ति घोषित भएकी छन् । उनी वाङ-ओड-मारिया ओग्गे नामले पनि चिनिन्छिन् । बुबाको निर्देशनअनुसार उनले किशोरावस्थादेखि नै हातले ट्याप गर्ने ट्याटुको कलालाई उनी सिद्ध...

गायक तुलसी पराजुली काे एकल साँझ सम्पन्न

गायक तुलसी पराजुली काे एकल साँझ सम्पन्न
काठमाडौं । क्यान्सर र मृगौला पीडितको सहयोगार्थ चर्चित गायक तुलसी पराजुलीले डेढ दर्जन गीतहरुसँगै एकल साँझ सम्पन्न गरेका छन् । स्वास्थ्य र संगीतको संगम बनाउँदै गायक पराजुलीले डेढ दर्जन गीतहरुसँगै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकल साँझमार्फत प्रस्तुत भएका हुन् ।चौबिसे समाज धनकुटाका अध्यक्ष दुर्गा मादी देवानको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजका उपाध्यक्ष कार्यक्रम संयोजक गायक प्रकाश आचार्यल...

रास्वपाले बारा २ बाट चुनाव लड्न गरेको प्रस्ताव विराज भट्टले किन नकारे ?

रास्वपाले बारा २ बाट चुनाव लड्न गरेको प्रस्ताव विराज भट्टले किन नकारे ?
आगामी बैशाख १० गते तीनवटा क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि विभिन्न पार्टीहरु उम्मेदवारको नाम टुंगो लगाउन जुटेका छन् । यसबीच, बारा क्षेत्र नं. २ बाट चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टीले अभिनेता विराज भट्टलाई प्रस्ताव राखेको थियो । तर, उनले उक्त प्रस्ताव स्वीकार नगरेपछि स्वतन्त्र पार्टीले रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक उम्मेदवारको सूचीमा राखेको छ । मधेशी समुदायको बाहुल्यता ...

कसरी थाहा पाउने पाठेघरको क्यान्सर? यस्ता छन् लक्षण

कसरी थाहा पाउने पाठेघरको क्यान्सर? यस्ता छन् लक्षण
जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्नु क्यान्सर हुनु हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख छन्। ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ। महि...

वि.सं. २०७९ चैत २० गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ चैत २०  गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । वृष – सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, बैदेशिक क्षेत्रको लगानी खेर जादैंन । मिथुन – बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले ...

तेजमान तामाङ्ग, रुपक राना मगर र अर्चना स्याङ्गतानको स्वरमा “मकै भटमास” आयो (भिडियो सहित)

तेजमान तामाङ्ग, रुपक राना मगर र अर्चना स्याङ्गतानको स्वरमा “मकै भटमास” आयो (भिडियो सहित)
काठमाण्डौ चैत्र १९ - स्थायी घर नुवाकोट भएका र केहि समय अगाडी सम्म प्रबासमा रहेका कलाकार रुपक राना मगरले छुट्टीको समयममा नेपाल आएर एउटा गीत रेकर्ड गरेका छन् । उक्त गीत "मकै भटमास" बोलको रहेको छ । बिगतदेखि नै औपचारिक रुपमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा प्रवेश नगरेता पनि २०५८ साल देखि नै रुपकलाई यस क्षेत्र प्रतिको झुकाब थियो । उनि गाउँ ठाउँमा हुने प्रत्यक्ष दोहोरीमा त्यहि बेला देखि नै स...

तरेली साहित्य प्रतिष्ठानको चौथो साधारण सभा सम्पन्न

तरेली साहित्य प्रतिष्ठानको चौथो साधारण सभा सम्पन्न
काठमाडाैँ । बागमती पूर्वको साहित्य संस्थाको रूपमा परिचित तरेली साहित्य प्रतिष्ठानको चौथो साधारण सभा शंखरापुर नगरपालिका स्थित द हाकुज रेस्टुरेन्टमा एक समारोहका बीच सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटनको क्रममा तरेली साहित्य प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ शैलेन्द्रले साहित्य, कला र संस्कृति संरक्षण र संवर्द्धनमा तरेली साहित्य प्रतिष्ठानको पाइला सधैँ अगाडि बढाउने बताएका थिए । उक्त अ...