‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणबाट ५ जना बिजेता घोषित

‘पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणबाट ५ जना बिजेता घोषित
इटहरी/ बालबालिकाहरुको सौन्दर्य तथा बौद्धिक कलालाई प्रष्फुटन गराउदै आइरहेको साइमन फिल्मस् एन्ड इन्टरटेन्मेन्ट, मुम्बईको प्रस्तुतिमा ओजस फिल्म एन्ड इन्टरटेन्मेन्टले आयोजना गरेको ‘राठी केबल पुर्वान्चल लिटिल स्टार’ चौथो संस्करणको भब्य सम्पन्न भएको छ । ग्राण्ड फिनाले कार्यक्रममा बिर्तामोडका मेयर पवित्रा महरा प्रसाईं को प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायक मण्डलिमा नेपाल चलचित्रकर्मी महासंघ प्रदे...

अमेरिकाबाट गायक किशोर शिवाकोटीले ल्याए ‘मेरी आमा’को भिडियो

अमेरिकाबाट गायक किशोर शिवाकोटीले ल्याए  ‘मेरी आमा’को भिडियो
काठमाडौँ । गायक किशोर शिवाकोटीको मेरी आमा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक शिवाकोटीकै शब्द, संगीत र स्वरमा तयार भएको गीतको भिडियोले आमाको महिमाको वर्णन गरेको छ । आमा भन्दा माथि कोही नहुने, आमाले जस्तो माया कसैले दिनै नसक्ने लगायतका यर्थाथपरक र सत्यतामा आधारित सार्वजनिक गीतले धेरैको मन छुने विश्वास गायक शिवाकोटीले लिएका छन् । सुख -दुख , घाम-पानी, अभाव जस्तो अवस्थामा पनि आमाको छह...

वि।स २०७९ साल पौष १३ गते बुधबारको राशीफल

वि।स २०७९ साल पौष १३ गते बुधबारको राशीफल
मेष–समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । धन आर्जनमा राम्रो दिन छ । वृष–लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि कामसम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापा...

दिपसनको कथाले सबै भावुक बने क्रिसमसमा

दिपसनको कथाले सबै भावुक बने क्रिसमसमा
वीरेन्द्रकुमार साह बिराटनगर । बिराटनगरका अधिकांश बिधालयले क्रिसमस डे को अवसर पारेर विभिन्न कार्यक्रमहरु संचालन गरेका छन् तर बिराटनगर स्थित हेरिटेज ईन्टरनेशनल स्कुलले फरक तरिकाले क्रिसमस डे मनाएको छ । स्कुलमा अध्यनरत बिधार्थिहरुको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले बिधालयले कथा बाचन प्रतियोगिताको आयोजना गरेर क्रिसमस मनाएको छ । उक्त कार्यक्रममा कक्षा -८ मा अध्यनरत बिद्यार्थी दिप...

वि.स २०७९ साल पौष १२ गते मंगलबारको राशीफल

वि.स २०७९ साल पौष १२ गते मंगलबारको राशीफल
मेष–सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । अन्नको काममा लाभ हुने दिन छ । वृष–यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्...

बिमल डाँगी सुप्रिम मल्ल ठकुरी र शान्ति श्री परियारको स्वरमा आयो “फापरको” पिठो (भिडियो सहित)

बिमल डाँगी सुप्रिम मल्ल ठकुरी र शान्ति श्री परियारको स्वरमा आयो “फापरको” पिठो (भिडियो सहित)
काठमाण्डौ पौष ११ - लोकप्रिय गायक बिमल डाँगीले भर्खरै मात्र एक गीतलाई सार्बजनिक गरेका छन् । उक्त गीत "फापरको पिठो" बोलको रहेको छ । बिमलले यस गीतलाई केहि बर्ष अगाडी नै सार्बजनिक गरिसकेका थिए । अहिले उनले रिमिक भर्सनमा ल्याएका हुन् । कहिले पुरुष आवाजमा कहिले बाल आवाज र कहिले महिला आवाजमा उक्त गीत प्रस्तुत गरिरहँदा सबै स्वादका गीत संगीतलाई अशंख्य श्रोता तथा दर्शकहरुले रुचाई इद्नु भएकोमा बिमल मख्ख छन् ...

सामाजिक कार्य देखी भ्रष्टाचार बिरुद्ध रिपोर्टिङ गर्ने पत्रकार सोनु सम्मानित

सामाजिक कार्य देखी भ्रष्टाचार बिरुद्ध रिपोर्टिङ गर्ने पत्रकार सोनु सम्मानित
पत्रकारीता साथै सामाजिक कार्यमा समेत सक्रिय पत्रकार सोनुकुमार दास सम्मानित भएका छन् । १ नं प्रदेशको बिभिन्न स्थानमा पत्रकार सोनु समाजिक कार्य देखी सचेतना मुलक रिपोर्टिङ गर्दै आएका छन् । मोरङको धनपालथान गाँउपालिकाको ७ नं वडामा रहेका रिसिदेव बस्तीमा स्थानीय रामधारी रिसिदेवले सो ठाँउका बिद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउँदै गरेको रिपोर्टिङ गरेका थिए । रामधारी दैनिक रुपमा ज्याला मजदुरी गर्छन् ।...

‘को होला त्यो’ फ्रेम्ड गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पबि’

‘को होला त्यो’ फ्रेम्ड गायक सुनिल गिरीको नयाँ  गीत ‘जुम्ला’मा टिकटकर ‘मिस पबि’
काठमाडौँ । चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् । संगीत र संगीत संयोजन भने उनी आफैले ग...

प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’मा झल्कियो प्रेम

प्रकाश र लक्ष्मीको ‘लाइहेल कालो टिका’मा झल्कियो प्रेम
काठमाडौं । पछिल्लो समय गीत बजार हेरेर तयार गरिन्छ । गीतसंगीतका आफ्नो कलासंस्कृति कसरी समेट्ने भन्दापनि युट्युवमा बढी भिउज कसरी बटुल्ने तिर ध्यान दिइन्छ । त्यसैले गीतसंगीतका दिग्गज यसतर्फ चिन्तित छन् । आफ्नो कलासंस्कृतिमा प्रति सजक गायक गायिका कमै छन् सांगीतिक क्षेत्रमा । ति मध्यकी एक हुन् गायिका लक्ष्मी आचार्य । सुदरपश्चिमकी गायिका आचार्यको प्रत्येक गीतसंगीतमा त्यहाँका कलासंस्कृति, रीतिरिवाज, भ...

प्रमोद खरेलको नयाँ गीत जसको दिलमाको सर्वत्र चर्चा

प्रमोद खरेलको  नयाँ गीत जसको दिलमाको सर्वत्र चर्चा
काठमाडौं– लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत जसको दिलमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । माया, प्रेम, रोमान्स र विरहले भरिएको जसको दिलमा त्रिकोणत्मक प्रेम कथामा आधारित छ । सुनिल बिसीको शब्द तथा संगीतमा तयार सार्वजनिक गीतमा साँचो माया गर्दा पनि सफल हुन नसकेको एक जोडीको विरहको प्रेम गाथालाई देखाइएको छ । जसमा दिनेश कठायत काजी, मनिषा गिरी र प्रकाश खड्काको अभिनय देख्न सकिन्छ...