चीनद्वारा क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई बलात्कार लगायतको आरोपमा १३ वर्ष कैद सजाय
चीनले क्यानाडाली चिनियाँ गायक तथा कलाकार क्रिस वुलाई १३ वर्षको कारागार सजाय सुनाएको छ । चीनले क्यानडाका पूर्व र्यापर,गायक,कलाकार तथा प्रतिरुप(मोडल)लाई बलात्कार लगायतको आरोपमा १३ वर्षको जेल सजाय सुनाएको हो ।
बेइजिङको चाओयाङ जिल्ला अदालतले वुलाई सन् २०२० मा भएको बलात्कारको आरोपमा ११ वर्ष ६ महिना र सन् २०१८ को एउटा घटनामा “यौन प्रतिबन्धमा संलग्न हुन भीड जम्मा गरेको” आरोपमा १ वर्ष १० महिना कारागार ...













