मोरङ–६ को विकास मात्र होइन, संविधान र लोकतन्त्रको रक्षा मेरो पहिलो अठोट हो
डा. शेखर कोइराला
उम्मेदवार, नेपाली कांग्रेस, मोरङ–६
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न एजेण्डासहित उम्मेदवारहरुले चुनावी सभासँगै घरदैलो र भेटघाटलाई बाक्लो बनाएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला पनि चुनावी अभियानमा व्यस्त देखिएका...














