आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
विराटनगर २५ असार । उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सकसँग सरकारले तीन बुँदे सहमति गरेको छ । चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) लगायत स्वास्थ्य क्षेत्रका संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी थिए ।
सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसिया सहभागी थिए । विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक...