दशैँमा नेपाली फिल्म: अर्को दशैँ यस्तो नहोस् !
कोरोना भाइरसको महामारी नफैलिएको भए यतिबेला सिनेमा घरमा दर्शकको ठूलो चाप हुने थियो । किनकि, दशैंको मुखमा रिलिज हुने फिल्मलाई दर्शकको पर्याप्त साथ मिल्ने गरेको छ । फिल्म बलियो बनेको छ भने दशैंमा प्रदर्शन हुने फिल्मलाई लगानी उठाउन गाह्रो पर्दैन । दशैं विदा लामो हुने भएका कारण यो समयमा फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यसैले त दशैंमा फिल्म रिलिज गर्न निर्माताबीच ठूलो राजनीति हुने गरेको छ ।
...