काठमाडौं।
निर्देशक तथा मोडल विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मायालु जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ । ‘मायाको कम्पनी ’ गीतमा मित्र केसी र गायिका आकाङक्षा जोशीले स्वर भरेका छन् । गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ ।

डान्सिङ बिट मा रहेको म्यूजिक भिडियोको छायांकन कोरियाको विभिन्न रमणीय ठाउँमा गरिएको छ । सम्भवत डान्सिङ बिटको गित कोरियामै पहिलो पल्ट छायांकन भएको म्युजिक भिडियोेका निर्देशक ÷ कोरियोग्राफÞर साथै मोडल रहेका बिरेन्द्र कुमार नौभाग्यले बताएका छन । ‘स्याङजा मा जन्मिएर हाल रमणीय स्थल पोखरामा बस्दै आएका छन ‘११ बर्ष अघि नै कोरिया प्रबेश गरेका उनी कोरिया आउनु अगाबै नेपालमा थुप्रै म्युजिक भिडियोहरुमा काम गरिसकेका थिए ‘. नृत्य र फेसनलाई बढि महत्त्वपूर्ण ठान्ने उनी फेसनको कुरामा अत्ति नै शौखिन रहेका छन् ‘ मिलनसार परोपकारी भावना बोकेका उनी स्याङजा परिवार दक्षिण कोरिया थेगु शाखाका संस्थापक अध्यक्ष समेत रहेका थिए कोरियामा हरेक क्षेत्रमा आफुलाई ब्यस्त राख्ने उनि कोरियाको अत्यान्तै ब्यस्त समय को बाबजुत रहेर पनि बचेको समय नेपाली गित संगित क्षेत्र मैं खर्चिने नौभाग्य कोरिया कै ब्यस्त मोडल को रुपमा चिनिन्छन‘‘

यस म्युजिक भिडियोलाई देवेन्द्र पुन ले छायाँकन साथै सम्पादन गरेका हुन भने ईजोक मगरले यस गितलाई रङगाउने काम गरेका छन् प्रमुख भूमिका रहेको मौसमी गुरुङ (म्ब्च्प् ब्ल्न्भ्ी) पहिलो पल्ट यस गित बाट आफुलाई मोडलिङ यात्रा मा पाईला चालेकी छन् भने भिडियो मा प्रिति लामा ÷ निरज श्रेष्ठ÷ रामु मगर ÷ सोनु तामाङ÷ गोकुल हाङ राई ÷ साजन दियाली को अभिनय पनि देख्न सकिन्छ ‘यो गित अमृत च्यानलबाट बजार मा आएको छ‘. यस लगतै थुप्रै गितहरु आउने क्रममा रहेको रहेका छन् भने नौभाग्य कै मोडल निर्देशनमा असिप लिम्बु र दिनेश गुरुङको र्याप गीत सुटिङ सकिसकेकोले अर्को हप्ता बजार मा ल्याउने कुरा पनि निर्देशक तथा मोडल बीरेन्द्र नौभाग्यले हामीलाई जानकारी दिनु भएको छ।

‘मायाको कम्पनी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

तपाईको प्रतिक्रिया