नव गायिका प्रज्ञा अधिकारी को ‘तिमिलाई नै सम्झिरहन्छु ‘ सार्वजनिक
अत्यन्तै आशालाग्दी नवप्रतिभा प्रज्ञा अधिकारी यहि गीतमार्फत नेपाली सांगीतिक बजारमा उदाएकी छिन् । नरहरि प्रेमीको संगीत अनि पुष्पा पौडेलको शव्दमा तयार पारिएको गीतमा प्रज्ञाले नरहरिसँग युगल गायन गरेकी छिन् । लोकशैलीको भाकालाई संगीत तथा प्रस्तुतिकरणका साथै वाद्यवादनको संयोजनले केहि नयाँपन थपेको महसुस गर्न सकिन्छ । संजय हमालको संगीत संयोजन रहेको गीतमा मिक्सिङ र मास्टरिङ मनोज परियारले गरेका छन् । सुर संग...














