चुनावी माहोलमा ‘जिरो डिग्री’को व्यङ्ग्य प्रहार : सार्वजनिक भयो ‘अरे ओ नेता जी’
छायांकनको तयारीमा रहेको फिल्म ‘जिरो डिग्री’ ले आफ्नो व्यङ्ग्यात्मक गीत ‘अरे ओ नेता जी’ सार्वजनिक गर्दै समसामयिक राजनीतिमाथि तीखो कटाक्ष गरेको छ। प्रतिनिधि सभा निर्वाचनको संघारमा रिलिज गरिएको यस गीतलाई निर्माण पक्षले अर्थपूर्ण सन्देशका रूपमा प्रस्तुत गरेको छ।
गीतमा अभिनेता विजय बराल र गायक अङ्कित बाबु अधिकारी को स्वर सुन्न सकिन्छ। संगीत स्वयं अङ्कितकै रहेको छ भने शब्द युवराज काफ्ले ले लेखेका हुन...














