संगीत मेरो जीवनसाथी
गीत गाउने सानैदेखिको रहर हो प्रविशा अधिकारीको। तर गायिका नै बन्छु भन्ने कुनै सपना थिएन। महिलाले बिजनेस सम्हालेको औधी मन पर्थ्यो उनलाई। उनले पनि व्यापार व्यवसायमै काम गर्नुपर्ला भनेर योजना बनाएकी थिइन्। तर उनलाई गीतसंगीतले कहिल्यै साथ छोडेन। उनी गायन कर्म छाडेर भाग्न खोज्थिन् तर सांगीतिक क्षेत्रको अवसरले उनलाई पछ्याइरहन्थ्यो।
झापा राजगढकी प्रविशा स्कुल पढ्दादेखि नै मिठो गाउँथिन्। एसएलसी सकाएपछ...













