राष्ट्रिय सहमति कायम गरि बिपन्न वर्गका नागरिकलाई राहतको अविलम्ब प्रबन्ध गर्न माग
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपाली जनता कष्टकर जीवन बिताउन बाध्य भएका छन । अस्पतालमा बेड र अक्सिजनको अभाव छ । स्वास्थ्य जनशक्तिको कमी हुनुको साथै आवश्यक स्रोत र साधनको अभावले गर्दा ठुलो संख्यामा मानीसहरुले ज्यान गुमाउनु परेको छ । यस्तो त्रासदीपूर्ण महामरीलाई रोकथाम गर्न पर्ने समयमा राजनीतिक दल र नेताहरुहरु सत्ताकै खेलमा लागिरहनु दुभाग्यपूर्ण अवस्था हो । केन्द्र, प्रदेश र स्थानी...














