जापानमा नेपाली युवती सम्पर्कविहीन भएपछि…

जापानमा नेपाली युवती सम्पर्कविहीन भएपछि…
जापानको नागोयामा बस्दै आएकी एक नेपाली युवती केही दिनदेखि सम्पर्कविहीन भएकी छन् । अध्ययनका लागि जापान आएकी, स्थायी घर ओखलढुंगा तथा हाल काठमाडौं वनस्थली निवास भएकी २६ वर्षीया सविना पौडेल जापानको नागोयाबाट यही मे १३ तारिखदेखि संम्पर्कविहीन भएकी हुन् । सविना सम्पर्कविहीन भएपछि, उनका साथीहरुसँग सम्पर्क गर्दा पनि केही पत्ता लागेन र खोजीका लागि पहल गरिदिन एनआरएनए जापानको क्षेत्रिय कमिटि नागोयासमक्ष...

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् जेठ ४ गते मंगलबारको राशिफल

दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! – हेर्नुहोस् जेठ ४ गते मंगलबारको राशिफल
आज श्री शाके १९४३ बि.स.२०७८ साल जेष्ठ ४ गते मंगलबार इश्वी सन २०२१ मे १८ तारीख बैशाख शुक्लपक्ष षष्ठी तिथी पश्चात सप्तम तिथी तिष्य नक्षत्र वृद्धि योग तैतिल करण चन्द्रमां कर्कट राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग राक्षसनाम संवत्सर सुर्य उत्तरायणं ग्रीष्म ऋतु गङ्गोत्पति, गंङ्गासप्तमी कुर्म जयन्तीस (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भुमि एवं वाहन सुख मिल्नेछ । शत्रुहरु...

गायक बिनोद मगरको सँधैभरि सार्वजनिक

गायक बिनोद मगरको सँधैभरि सार्वजनिक
धरान / धरानका नव गायक बिनोद मगरले आफ्नो पहिलो गीत "सँधैभरि " म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। । सेन्टि मेन्टल पप बिटमा रहेको गीतमा गायक मगरकै शब्द -संगीत रहेको छ। म्युजिक भिडियोमा कलाकारहरु मिसु याखा र कुमार भट्टराईको अभिनय रहेको छ। निकेन राईको निर्देशनमा बनेको भिडियोको सम्पादन तथा छायाँन्कन रबिन लिम्बुले गरेका छन्। म्युजिक भिडियो लिंक : https://youtu.be/9Ac4afcYkC8

पारुले ल्याइन् ‘तिम्रो तृष्णा’

पारुले ल्याइन् ‘तिम्रो तृष्णा’
काठमाडौं– एक दशकपछि गायिका पारु राई ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर श्रोता र दर्शकमाझ आएका छन् । एक दशकअघि उनले ‘प्यास’ नामक एलबम बजारमा ल्याएकी थिइन् । गीत ‘तिम्रो तृष्णा’मा उनलाई ‘भ्वाइस अफ नेपाल’का फाइनलिष्ट विकास लिम्बुले साथ दिएका छन् । गीतमा पारुकै शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको भिडियोमा मण्डल थेवे, पारु राई, विकास लि...

भारतमा कोरोनाले उग्र रुप लिएका बेला बलिउड अभिनेत्री प्रियंका चोपडा र पति निकले गरे यति मोटो रकम सहयोग, फ्यानले गरे चौचर्फि तारिफ

भारतमा कोरोनाले उग्र रुप लिएका बेला बलिउड अभिनेत्री प्रियंका चोपडा र पति निकले गरे यति मोटो रकम सहयोग, फ्यानले गरे चौचर्फि तारिफ
एजेन्सी भारतमा कोरोनाले तबाही मच्चाईरहेका बेला बलिउडकर्मीहरुले आ–आफ्नो तर्फबाट सहयोग दिने क्रम जारी राखेका छन् । चर्चित बलिउडकर्मी सलमान खान, अजय देवगान , सोनू सुद लगायतले सहयोग जुटाईरहेका बेला लण्डनमा बसिरहेकी प्रियंका चोपडा र उनका श्रीमान निकले २।९४ करोड रुपैया संकलन गरेका छन् । उनीहरुले सबैसंग सहयोगका लागि अपिल गरेका थिए । प्रियंका चोपडा जोनस फाउण्डेसन मार्फत उनीहरुले यति रकम सहयोगमा जुटाएका...

नेपालमा फेरि बढ्यो नयाँ संक्रमणदर र मृत्युदर : २४ घण्टामा २१४ को मृत्यु, थपिने र निको हुने संक्रमित कति ?

नेपालमा फेरि बढ्यो नयाँ संक्रमणदर र मृत्युदर : २४ घण्टामा २१४ को मृत्यु, थपिने र निको हुने संक्रमित कति ?
काठमाडौँ / नेपालमा कोरोना भाइरसबाट संक्रमण हुने र मृत्यु हुने दर पुनः बढेको छ । विगत तीन दिन यता केही घटेको यो दरमा आज सोमबार भने बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मात्रै नेपालमा थप ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै संक्रमित हुनेको कूल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेक...

मेक्सिकोकी एन्ड्रियाले जितिन् ‘मिस यूनिभर्स २०२०’को उपाधि

मेक्सिकोकी एन्ड्रियाले जितिन् ‘मिस यूनिभर्स २०२०’को उपाधि
मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् । ‘यदि तपाईं देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् । ...

शेयर बजार : नयाँ उचाईमा नेप्से, ९ अर्ब बढीको कारोबार, यी ११ ओटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत बढीको बृद्धि

शेयर बजार : नयाँ उचाईमा नेप्से, ९ अर्ब बढीको कारोबार, यी ११ ओटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशत बढीको बृद्धि
काठमाडौँ / साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । महामारीबीच पनि लगानीकर्ताहरूको उच्च मनोबलका कारण यस दिन नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ । सोमबार नेप्से २०.७१ अङ्क अर्थात ०.७६ प्रतिशतले बृद्धि भई २ हजार ७५९.२२ बिन्दुमा पुगेर थामिएको छ । ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४.४५ अङ्कले बढेर ४९२.५९ बिन्दुमा पुगेको छ । कूल २१८ ओटा कम्पनीको कार...

नेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने

नेपाली फिल्म  ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने
काठमाडौं । नेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले पनि ‘वीर विक्रम २’ लाई भारतका सिनेमा हलमा रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा चलचित्रको हिन्दी डबिङ गरेका थिए । तर कोरोना महामारीका कारण फिल्म रिलिज भएन् । अब फिल्म युट्युबमा रिलिज हुन लागेको हो । भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने तयारी भइरहेको निर्देशक चाम्सले बताएका छन् । भारतमा दर्शक...

अर्जुन गौतमको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

अर्जुन गौतमको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं : अर्जुन गौतमको निर्देशनमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘बर वर आशु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतलाई गायक मिनप्रकाश ओलीले गाएका छन् भने शब्द संगीत पनि उनैको रहेको छ । अहिलेको देशको कोरोना महामारीले आक्रान्त पारिरहेको अवस्थालाई समेटेर गीत तयार पारिएको छ भने भिडियो पनि गीतको भाव अनुसार छायांकन गरिएको छ । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस म्युजिक भि...