काठमाडौँ – कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग संकलन अभियान सुरु गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन् । सन्दीप आफूले ३ लाख रुपैयाँ राखेको घोषणा गरेका छन् । सहयोगबाट प्राप्त भएको रकम कोरोना नियन्त्रण तथा रोकथामका साथै संक्रमितहरूको उपचारका निम्ति उपलब्ध गराउने बताएका छन् । उनले संकलन भएको रकमका बारेमा टिम सन्दीप लामिछानेले अपडेट गराउन पनि बताएका छन् ।

यसैगरि संकलित रकम स्थानीय निकाय/प्रशासन कार्यालयको रोहबरमा अति प्रभावित क्षेत्ररस्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताका आधारमा वितरण गर्ने सन्दीपले सामाजिक सन्जालमार्फत जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया