कथाः मेरी युनिसा
काठमाडौँ, यो नेपालको कहिल्यै चलमल नहटेको सहर । यस सहरको पनि रत्नपार्क क्षेत्र, जुन क्षेत्र नेपाल बन्द हुँदा पनि चुप बस्दैन । त्यहीँको अकासे पुलमा छु म । बिनाकारण घुम्न निस्किएको । घुम्न निस्किएको भनौँ कि धुलो खान । अकासे पुलबाट मेरो आँखा डुल्दै गर्दा एक्कासि वसन्तले गर्दा फुलेका फूलहरूले सजिएको पर्कमा पुग्यो । त्यतै जाऊँजाऊँ लाग्यो । पाइला त्यतै चल्यो ।
स्वागत गर्न आतुर गेटबाट भित्र छिर्नेब...














