अचानक सांगीतिक मेहफिलमा छिरेका पूर्वराजा ज्ञानेन्द्र तीन घन्टासम्म फर्माइसमा रमाए
मोरङ– सांगीतिक समूह स्मृति ब्याण्डका मुख्य गायक ज्योति सुब्बा र गिटारिष्ट दिपेन थापा दुवै जनालाई माघ १३ गते मंगलबारको प्रस्तुति कस्तो हुने हो भन्ने कौतुहल थियो।
हुन त करिब तीन वर्षदेखि उनीहरुसहितको समूहले विराटनगरस्थित होटल ह्यारिसनमा बेलुका सांगीतिक मेहफिल सजाउँदै आएका थिए। दैनिकी त्यही हुँदा समस्या थिएन, तर माघ १३ गतेको मंगलबार अलि विशेष थियो उनीहरुका लागि।
बेलुका कार्यक्रम सुरु हुनै लाग्द...














