श्रीमानसँग सम्बन्धविच्छेद गर्दै किम कार्दशियन
काठमाडौं। टेलिभिजन स्टार तथा अमेरिकी मोडल किम कार्दशियन यतिबेला चर्चामा छिन्। श्रीमान् कान्ये वेस्टसँग सम्बन्धविच्छेद गर्न लागेको विषयले उनी चर्चामा आएकी हुन्।
आफ्नो बोल्ड तस्वीरका कारण सधैँ चर्चामा आइरहने किम यतिबेला भने सम्बन्धविच्छेदका कारण चर्चामा छिन्।
उनीहरूबीच केही समयदेखि सम्बन्ध राम्रो छैन। जसले गर्दा यतिबेला दुवैजना अलग-अलग बस्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका...













