उन्मुक्ति खोज्दै वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’
काठमाडौँ — वन्यजन्तुका अंग (आखेटोपहार) तस्करीमा अन्तर्राष्ट्रिय गिरोहसम्मै पहुँच भएको आरोपमा रसुवा कारागारमा रहेका कुञ्जोक लामाले आफू कुञ्जोक छिरिङ तामाङ रहेको भनेर आरोपबाट उन्मुक्ति पाउन व्यापक चलखेल गरिरहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले भने कुञ्जोक लामा र कुञ्जोक छिरिङ तामाङ एउटै व्यक्ति भएको र उनको पहुँच वन्यजन्तु...













