त्यो अनुहार, त्यो आवाज र अभिनय!
कलाकार ओम पुरी अविनाशको भूमिकामा हुन्छन्, ‘पार्टी’ नामक चलचित्रमा। त्यहाँ उनी भन्छन्, ‘‘मेरो विचारमा कुनै पनि सिर्जना चाहे त्यो कविता, उपन्यास वा सिनेमा नै किन नहोस्- जनतासँगको संवाद हो त्यो, सामाजिक र राजनीतिक हतियार हो।’’ वास्तविक जीवनमा पनि ओम पुरीले यही संवादको अन्तर्यलाई सकेसम्म आत्मसात गरिरहे।
उनका निम्ति सिनेमा किसान, मजदुर, पसलेको जीवनलाई छुने र धनी मानिसको आत्मनिरीक्षण गर्ने एक माध्यम...