निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
फिल्म निर्माताले कलाकारलाई सम्झौता गरेअनुसार समयमै पारिश्रमिक नदिँदाको नमीठो र पीडादायी अनुभवका एक साक्षी हुन्, अभिनेता नाजिर हुसेन ।
‘गोजीमा पैसा हुन्न । निर्मातालाई पैसा माग्न जाँदा उल्टै आफ्नो व्यथा सुनाउनुहुन्छ,’ काठमाडौंमा डेरा गरेर बसिरहेका नाजिर भावुक हुँदै सुुनाउँछन्, ‘व्यथा सुनेपछि हामी कलाकार स्वभावैले भावनात्मक भइहाल्छौँ । अनि, रित्तो हात घर फर्किन्छौँ । दुई–तीन महिना कोठाको भाडा तिर...













