संघर्षले बनेका सिताराम
नेपाली हाँस्य क्षेत्रमा एउटा दर्विलो नाम हो, सिताराम कट्टेल । पिताले थमाएको १७ सय बोकेर कलाकार बन्न राजधानी झिरेका उनले आज जुन ‘नेम र फ्रेम’ कमाएका छन्, त्यस पछाडिको संघर्ष कहालीलाग्दो छ । दशक अगाडि हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘धुर्मुस’ को चरित्र निर्वाह गरेपछि चर्चामा आएका उनलाई २०७२ सालमा गएको भूकम्पले सामाजिक अभियान्ता बनाएको छ ।
बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो सन्तानक...