सज्जा भन्छिन्- नेपाल आइडल हुनुअघि नै मेरो ब्यान्डका लागि म विजेता भइसकेकी थिएँ [भिडियो]
काठमाडौं– नेपाल आइडलको तेस्रो संस्करणकी विजेता बनिन् सज्जा चौलागाई। आइडलको विजेता बनेपछि सज्जा जितलाई दुःखको सफलताको रुपमा परिभाषित गर्छिन्। सज्जा भन्छिन्, ‘परिश्रम गर्दै जानुस् जित हासिल हुन्छ। मान्छेले परिश्रम गरेको फल हो, जित।’
धेरैलाई थाहा नहोला ‘नेपाल आइडल’मा सहभागी हुनुअघि सज्जा ठमेलका पब र रेष्टुरेन्टमा गीत गाउँथिन्। उनको आफ्नै ब्यान्ड छ, ‘द लोडिङ’। ब्यान्डकी उनी एकमात्र महिला सदस्य हुन्...