तनहुँमा चितुवाले फेरी बच्चा खायो, टाउको र हात मात्र भेटियो (स्थलगत रिपोर्ट)
तनहुँको शुक्ला गण्डकी नगरपालिका २ दबङ गाउँमा चितुवाको आक्रमणबाट १८ महिने बालक नारायण राना मगरको ज्यान गएको छ । बुधबार राती घरको पिढीमा बसिरहेको बेला एक्कासी चितुवाले आक्रमण गरेको आमा बिष्णुमाया रानाले बताएकी छन् । बच्चाले पिसाब गरेपछि कपडा लगाउने क्रममा चितुवाले लगेको उनले बताईन् । करिब २ घण्टाको खोजी पछि घर भन्दा ५ सय मिटर तल जंगलमा बालको टाउको र दाया हात मात्र फेला परको थियो । शरिरको अन्य भाग...