‘जन्तरे मामा’ को स्वरको तारिफ, रुचाइयो पहिलो गीत
काठमाडौं- मिठो स्वरका कारण केही समययता सामाजिक सञ्जालहरुमा भाइरल बनेका ‘जन्तरे मामा’ भनिने झापाका अमित राईको पहिलो गीत सार्वजनिक भएको छ।
सार्वजनिक भएको १-२ दिनमै उनको गीत धेरैले मन पराएका छन्। स्वर सम्राट नारायण गोपालको जस्तो स्वर भन्दै भन्दै ५३ वर्षीय अमितको गीत कयौँ पटक सामाजिक सञ्जालमा सेयर भएको छ।
केही समयअघि एक व्यक्तिले जन्तरे मामाले गाएको नारायण गोपालको ‘म त लालीगुराँस भएछु’ गीत सामाज...













