शुक्रबारदेखि ‘ए मेरो हजुर ४’को छायांकन सुरु हुने, जोडिए दुर्गेश
लकडाउनका कारण विगत ६ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन आउँदो शुक्रबारदेखि सुरु गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । केही चलचित्रका निर्माताले असोज १५ गतेबाट छायांकन सुरु गर्ने बताइरहँदा चलचित्र ‘ए मेरो हजुर ४’का निर्माताले भने शुक्रबारदेखि चलचित्रको छायांकन सुरु गर्ने तयारी गरेको बताएका छन् ।
चलचित्रको ५० प्रतिशत छायांकन लकडाउन अगाडि सकिएको थियो । बाँकी ५० प्रतिशत छायांकन ...














