‘कुली नम्बर १’ लाई पनि दर्शकले बहिष्कार गर्ने
बलिउड इन्डस्ट्रीमा यतिबेला ‘भाई-भतिजावाद’ (नेपोटिज्म) को बहस चर्किएको छ । सुशान्त सिंह राजपूतको निधनपछि छेडिएको यो मुद्धामा बलिउडका धेरै कलाकारले आफ्नो विचार राखिसकेका छन् । यसको असर यतिबेला फिल्मको रिलिजमा पनि देखिन थालेको छ ।
‘सडक २’ को विरुद्ध देखिएको प्रतिक्रियापछि अब ‘कुली नम्बर १’ लाई पनि बहिष्कारको माग उठेको छ । डेविड धवन निर्देशित फिल्ममा अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खानको मुख्...