साउनको दिन, बिहानैदेखि झम्(झम् पानी परिरहेको थियो। अब एक हप्ता पानी पर्छ भनेर मौसम समाचारमा भनेको आज चौथो दिन। घाम नै नलागीकन निरन्तर पानी परेकोले होला, मन पनि कति रमाइलो नभएको। टिभी, एफएम, जुनै सामाजिक संजालमा हेर्यो, त्यही लामो वर्षाको कारणले कति ठाउँमा बाढी पहिरो बढेको अनि धन जान क्षति भएको भन्ने समाचार मात्रै कति हेर्नु अनि सुन्नु१

घरमै भएकोले बिहान बेलुकाको समय त व्यस्तै हुन्थेँ तर दिनभर खासै काम नहुने, झन् त्यस्मा पनि यो पानीले त कहीँ निस्किन पनि नसकेको। फेसबुक पनि कति हेर्नु अरुको टाइमलाइन मात्रै१ त्यही पनि अरु केही काम नभएकोले तल(माथि मोबाइल स्क्रीन स्क्रोल गर्दै थिएँ। ुसन्चै छौ सानुु एउटा मेसेज आयो। मेसेज देखेर एकछिन त के गरौँ गरौँ भयो, मन भारी भएर आयो।

कुनै दिन ुसानु, मोतीका दाना समान आँसु नखसाल नु भन्ने मान्छेले आज।।।। डाको छाडेर रुन मन लग्यो। फेरि सबै सम्झनाहरु यसरी आए की।।।

एकदिन त्यसरी नै आएको थियो एउटा मेसेज तर त्यो बेलामा फेसबुक कहाँ पाउनु, कागजको टुक्रामा लेखेर पठाएको संदेश। जसमा ुभरे सिमलघारीमा भेट्न सक्छेउ’ भनेर लेखिएको थियो।

पहिलो पटक उसलाई मैले मेरो गाउँँ सिमसिमेमा देखेको थिएँ। उ पोखरा बस्ने भएकोले गर्मी बिदामा उसको सनोममीको घर सिमसिमे आएको रहेछ। म ९ क्लासमा थिएँ अनि ऊ पनि ९ मा नै। हाम्रो भने सरकारी स्कुल भएर गर्मी बिदा भएको थिएन, बरु बिहान ६ बजेदेखिको क्लास हुन्थ्यो। उसको सनोममीको घर, मेरो घरभन्दा दुई घर अगाडि पर्थ्यो।

स्कुलमासँगै जाने भएकोले बाटोबाट ुसानु छिटो आइजु भन्दै बोलाउदै थिइ रमाले जो उसकै सानोममीको छोरी हो। ुपख हैु भन्दै बुक कापी च्यापेर निस्किएँ। ुला त बुक, सर्ट मिलाउँछुु भनेर बुक थमाइदिएर फ्रकभित्र हात हालेर सर्ट तल तानेँ अनि ुल अब जामु भन्दै बुक फिर्ता लिदा पो थाहा पाएँ, अघिदेखि ऊ पनि त्यही उभिरहेको रहेछ।

म जति नै अग्लो, तर अलि दुब्लो अलि कालो मभन्दा, ठूला निला नसालु आँखा, अलि नमिले जस्तो नाक, तर साह्रै राम्रो। त्यो लजाउँदै हाँसेको ओठ, एक पटक त हेरेको हेरै भएँ। लाज पनि लाग्यो अघि त्यसरी सर्ट मिलाएको देखेछ सबै। ुभन्नु पर्दैनु लाजले साथीलाई पिट्दै भनेँ।

ुके भयो त, छिटो हिड् स्कुल जाउँु भन्दै रमाले तानी। १२ बजे त स्कुलबाट आइहालेउ। भर्खरै लगाएको मकै सानो(सानो भएकोले वरिपरि सबै देखिन्थ्यो। आँखाहरु रमाको घरतिर थिए, खोइ किन पो हो, एकपटक फेरि देख्न पाए हुन्थ्यो जस्तै भैरहेको थियो। बरु त्यही जान्छु भनेर जान लागेँ। रमाको घर जान मेरो लागि कुनै नौलो कुरा पनि थिएन, तर कस्तो ढुकढुकी बढेर आयो, पाइला रोकिए, अनुहार नै रातो भएर आयो।

उसै त गर्मी, झन् शरीर ताते जस्तो भयो। आफैलाई अचम्म लाग्यो के भयो मलाई, यस्तो त कहिले भएको थिएन१ ुसानु के गर्दै छेस्, आइज न यहाँ एकछिनु बरु रमाले नै बोलाइ मलाई मेवा साधेर खान भन्दै। के चाहिन्थ्यो र मलाई१ दौडेर गएँ। तर आफूलाई देख्न मन लागेको मान्छे त सुतेका पो रैछन्।

भोलिपल्ट स्कुल जाने बेलामा फेरि पनि देखिन्छ कि भनेर अनि आफूलाई पनि हेरुन् भनेर ममीको गाजल अनि पाउडर लगाएर निस्किएँ। आज रमा आइपुगेकी थिइन, त्यसैले म नै गएँ रमाको घर। खोजेको जस्तै आज त ऊ पनि हामीसँगै स्कुल जाने रे भनेर निस्किए।

अलि अलि लाजले काउकुती लागेको जस्तो भएको थियो उसलाई देख्दा। खोइ किन हो, ऊ पनि मलाई हेरेर मस्किए जस्तो लाग्यो तर न ऊ बोल्यो न म। त्यो रमा के(के भन्दै थिइ, न मैले रमाको कुरा सुने न सायद उसले।

सरकारी स्कुल भएको र रमाको बुवा त्यहाँको टिचर भएकोले उसलाई स्कुलमा हाम्रै क्लासम़ा बस्न दिनु भयो। आखिर केही दिनको लागि त थियो। ुके भयो सानु, मेरो कुरा सुन्न छोडिस् त, कान जचाउन जाु रमा बेलाबेलाम़ा कराउँथी, तर म भने उसैलाई हेरिरहेको हुन्थेँ एकनास।

१० दिन त हुँदो रैछ गर्मी बिदा, उसको स्कुल खुल्ने बेला भयो रे। त्यसैले ऊ भोलि जाने रे। मलाई भने आजबाटै नरमाइलो लागिसकेको थियो। केही भएको त थिएन। न उसले केही भनेका थिए न मैले तर लाग्थ्यो सबैथोक मन मनले बुझिसकेको थियो। नलागोस् पनि किन, उसले पनि त आँखा छल्दै मलाई हेरेको कति पटक देखेको थिएँ मैले। अनि म त झन्।।।

ऊ दशैँ तिहारबीचको बिदामा अनि जाडो बिदामा पनि हाम्रो गाउँमा आउन लागे। अनि त्यसरी नै हाम्रो स्कुल जाने अनि हामीसँगै क्लासम़ा बस्ने गर्थे। खेल्दा पनि म भैन भने खोज्थ्यो रे। मलाई पनि ऊ आएको बेलामा खेल्न जाँदा निकै रमाइलो लाग्थ्यो। कहिलेकाहीँ त ऊ राजा अनि म रानी भनेर पनि खेल्थेउँ।

त्यसैले होला, जिस्काउथे रमा अनि अरु साथीहरुले। तर रिसाएजस्तो गर्थेँ, तर वास्तवमा उसको नाम जोडेर जिस्काएको एकदमै मन पर्थ्यो। हामी दुवैले १२ पास गरिसकेको थियौँ। ४ वर्ष भैसकेको थियो, त्यसरी नै बिदामा आउने अनि भेटेर वर्षभरि मनमा सम्झेर बस्ने गर्न थालेको। अब त मोबाइल थियो मसँग पनि। बुवाले अब ब्याचलर पढ्ने छोरीलाई मोबाइल चाहियो नि भन्दै किनिदिनु भएको।

रमासँग फोन नम्बर माग्न कति मन थियो तर त्यसलाई पनि त केही भनेको थिइनँ, कसरी के भनेर माग्नु। पौषको मध्ये जाडोको दिन थियो, कलेजबाट फर्केर आउदा एक्कासी रमाको घर बाहिर बसिरहेको उसलाई देख्दा त्यो पल खुसीले आँखा भरियो। मनले त खोजिरहेको थियो तर सोचेको थिइनँ की मनले बोलाएको मान्छे त्यसरी आइपुग्लान भनेर। रमासँगै त्यसकै घर जाउँ की जस्तो भयो, फेरि रोकेँ आफैलाई।

बेलुका प्रायः जाने गर्थेँ र आज पनि कतिबेला बेलुका होला जस्तो भएको थियो। सायद उसलाई पनि त्यस्तै भएको रहेछ क्यारे, त्यसैले त होला नि म जाने बित्तिकै म तिर हेर्दै मुसुक्क हाँसेर लुकाएर एउटा कागजको टुक्रा हातमा दिएर अर्को कोठामा गयो। कागजमा त्यही मेसेज थियो, ुभरे सिमलघारीमा भेट्न सक्छौरुु

नजाने त कुरै भएन। त्यो सिमलघारीमा उसले मलाई माया गर्छु भनेको शब्द सम्झदा आज पनि मन खुसी हुन्छ। लाजले भुतुक्क अनि खुसीले मक्ख परेर फोन नम्बर दिदैँ फोन गर्नु ल भनेर फर्किएँ। ४ वर्ष अगाडि नै मनमा रोपिसकेको थिएँ मैले त उसको प्रेमलाई, अब उसले पनि सारेपछि त हाम्रो माया झाँगिने पक्कापक्की थियो।

पहिला पहिला महिनौँ कुर्नुपर्थ्यो उसले सानु भनेर बोलाएको सुन्न, अब त दिनमा घन्टौँ कुरा गर्न सक्थेँ मोबाइल हातमा भएको भएर। कुनै सीमा नराखी माया गर्थेँ उसलाई म, सोच्थेँ सायद उसको पनि माया त्यस्तै होला। उसँग कुरा गरेर कहिले पनि पुग्दैनथ्यो मलाई। कुरा गर्दा गर्दै कहिलेकाहीँ त बच्चाको नाम यो राख्ने ल भन्ने सम्म कुरा हुन्थ्यो। कुरा मात्र के, मैले त नाम पनि सोचिसकेको थिएँ, छोराको नाम ुहर्षु अनि छोरीको नाम ुखुसीु।

ब्याचलर पढ्न थालेदेखि नै घरमा विवाहको कुराहरु आइरहेका थिए। ४ महिना बढी भैसकेको थियो हामीले फोनमा कुरा गर्न थालेको पनि। ऊ बाहेक अर्को संसार नै नदेख्ने मैले अब विवाह अरुसँग त कसरी सोच्ने१ ऊ बिना त बाच्नै सक्दिनँ जस्तो लाग्थ्यो। मैले उसलाई मेरो घरमा कुरा गर्न आउनको लागि भन्न लागेँ।

उसले पखन सानु, म केही काम गर्छु, तिमीलाई लगेर मैले राख्ने कोठा त छैन भन्थ्यो। म भने हामी मिलेर गरमला नि काम, जहाँ अहिले बस्नु भएको छ, त्यही मिलेर बस्छु म पनि तर मलाई बिहे गरेर लैजानु भन्थेँ।

तर जसरी विस्तारै घरमा मेरो विवाहको लागि दबाब बढ्दै गयो, त्यसरी नै ऊ पनि मबाट टाढा हुँदै गयो, ऊ आफैले मसँग कुरा गर्न कम गर्न लागे, फोन गर्दा रिसिभ गर्दैन थियो त कहिले धेरै दिनसम्म फोन अफ हुन्थ्यो। मैले सोच्न पनि सकिनँ की कहाँ मेरो के गल्ती भयो र उ मसँग टाढा हुँदै गयो भनेर। तर मेरो केही लागेन। न मैले उसलाई फोन गरेर मनाउन सकेँ, न घरमा विवाहको कुरा रोक्न नै।

थाहा पाएँ, उ मबाट टाढा भएको त मेरो विवाह राम्रो घरमा हुन लागेको, मेरो भविष्य राम्रो हुन्छ त्यो मान्छेसँग विवाह गरेर भनेर मेरो खुसीको लागि हो रे। मेरो खुसीको लागि आफ्नो माया त्याग गरेको रे। यति थाहा पाएपछि अब मैले विवाह गर्ने मन बनाएँ। जो मान्छे मायासँग भाग्छ, त्यो मान्छेले मलाई के माया गर्छ, जसले त्यति पनि बुझ्न सकेन की मेरो खुसी त उसँगै थियो, त्यो मान्छेले मेरो खुसी चाहेको रे१

मसँग एकपटक मात्र सोधेको भए भन्ने थिएँ, मायामा त्याग गर्न माया गर्ने मान्छेलाई छोडेर होइन, उसँगै जीवनको संघर्षमा साथ दिएर हुन्छ। तर उसले त मसँग कुरा नै नगर्ने सोचिसकेको रहेछ। उसले जेसुकै सोचेर मसँग टाढिए पनि मलाई त धोका नै दिएको हो र, मायामा धोका दिने मान्छे माया नगर्ने मान्छेभन्दा डर लाग्दा हुन्छन्।

मनमा उसलाई राखेर उसकै अगाडि को हो को, कहिले नचिनेको मान्छेको बेहुली भएँ। बिहेमा बेहुली रुने खोइ के कारणले हुन्छ, त्यो त थाहा छैन तर म भने धेरै रोएँ उसकै कारणले। आखिर ४ महिना अगाडि माया गर्छु नभनेको भए, मेरो एकोहोरो माया त थियो नि भनेर मन बुझाउँथेँ होला। तर एकपटक पनि उसले न मेरो माया देख्यो न त मेरो आँसु नै। त्यो पीडा अझै पनि मनमा छ, सायद रहिरहने छ।

ुयति चोखो यति मिठो दिउँला तिम्लाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथाु फोनको घन्टी थियो।

ुसानु के खायौरु २ बजे डक्टरसँग टाइम लिएको छु है, अब ९ महिनाको भिडियो एक्स(रे गर्नु पर्छ रे। म आउँछु, तयार भएर बस ल अनि आराम गर है सानुु मेरो श्रीमानले भन्नु भयो।

श्रीमानको त्यो मायाले भनिएको शब्द मेरो कोतरिएको घाउमा लगाउने मल्हम अनि आँसु पुछिदिने हात बनिदियो। अघि आएको मेसेजको रिप्लाइ नै नगरी डिलिट गरिदिएँ र फेसबुकमा पनि ब्लक गरेँ। लामो सास फेरेँ, मन हलुका भएर आयो।

भनिन्छ नि, त्यो मान्छेको साथ तपाई कहिले नछोड्नुस् जसले तपाईलाई माया गर्छ, त्यो होइन की जसलाई तपाईले माया गर्नु हुन्छ। १ बजिसकेको थियो, आँखा आज पनि बाटो हेरी नै रहेको थियो तर खोज फरक थियो। हिजो उसलाई हेर्न आत्तिने आँखा, आज मेरो श्रीमानको बाटो हेर्दै थियो।

तपाईको प्रतिक्रिया