भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?
नायक पल शाह म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त छन् । लकडाउनपछि चलचित्रको काम ठप्प हुँदा त उनलाई म्यूजिक भिडियोमै दर्शकले धेरै हेर्न पाए । उनै, पल शाहले म्यूजिक भिडियोमा टिकटकका मोडलदेखि, चलचित्रका नायिकासम्म रोमान्स गरिसकेका छन् ।
तर, दर्शकले नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडीलाई पर्दामा हेर्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेकी नायिका सुपुष्पा भट्टले म्यूजिक भिडियोमा पनि काम गरिरहेकी...














