साहित्यकार खनालको ‘घुरको धुवाँ’माथि विराटनगरमा विमर्श, तराईको जनजीवनको सजीव दस्तावेज भएको उल्लेख
विराटनगर / अग्रज साहित्यकार तथा पत्रकार राजेश खनालद्वारा लिखित संस्मरणात्मक कृति ‘घुरको धुवाँ’ माथि विराटनगरमा साहित्यिक विमर्श सम्पन्न भएको छ ।
नेपाली लेखक संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न कार्यक्रममा हालै प्रकाशित उक्त कृतिको विषयवस्तु, शैली र त्यसले उजागर गरेको तराईको सामाजिक यथार्थबारे विभिन्न साहित्यकार र समालोचकहरूले विस्तृत चर्चा गरेका थिए ।
कार्यक्रमका प्रमुख वक्ता वरिष्ठ साहित्यका...














