शिक्षक
आउ आउ सुजनहरु हाे
शिक्षककाे सबले बदनाम गराैं ।
बौद्धिकताले भ्याए सम्म
शिक्षककाे सबले अपमान गराैं ।।
सिकेजानेका गालि र हप्की
सम्झी सम्झी दुत्कार गराै ।
व्यङ्गवाणका कटुवचनले
गुरुहरु सम्झी द्वेष छराै ।।
तुच्छ शब्दहरुकाे वर्षा गर्दै
बदनामीकाे भेल बगाेस् ।
बेकम्मा झै ठानुन् सबले
हुर्मतकाे ताज चुँडि लगाेस् ।।
बदनामी नि यतिसम्म हाेस् कि
सबले पेशा छाेडिदिउन् ।
ज्यु ज्यु गर्द...














