मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोट
काठमाडौं। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७६’ का लागि सातवटा पुस्तक छनोट गरेको छ।
गुठीलाई प्राप्त १५१ पुस्तकमध्ये सातवटा पुस्तक छनोटमा परेका हुन्।
प्राप्त भएका पुस्तकहरूमध्येबाट बढीमा १० पुस्तकको सूची तयार पार्न समिति गठन गरिएको थियो।
समितिले सात पुस्तक छनोट गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए। जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्यूह, भुवन ढ...









