प्रेमिल पात्र
प्रेम दिवसको अवसर पारेर हामीले केही साहित्यकारलाई कुन उपन्यास पूरै प्रेमिल लाग्यो भनेर सोध्यौँ।
विश्वेश्वर प्रसाद कोइरालाको ‘सुम्निमा’
सरस्वती प्रतीक्षा
प्रेमकथाको दृष्टिकोणले मलाई विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘सुम्निमा’ मनपर्छ। शुरुमा किशोरावस्थामा यो किताब पढ्दा ठीकै मात्र लागेथ्यो। त्यतिबेला किताबको कथा मात्र बुझेर त्यस्तो लागेको रहेछ । दोस्रोपटक साठीको दशकमा फेरि दोहो¥याएर पढेपछि भन...













