काठमाडौं : सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचना निकालेर चलचित्र विकास बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकलाई दरखास्त दिन आह्वान गरेको छ । चलचित्र बिकास बोर्ड अध्यक्षका लागि नेपाल सरकारले आह्वान गरेसँगै चलचित्रकर्मिहरु अगाडि सरेका छन् । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत मंसिर २९गते निधन भएपछि सो पद रिक्त रहँदै आएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि कलाकार भीमा मैनालीले पनि आवेदन दिएकी छन् । भीमा २० वर्षभन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा निरन्तर सक्रिय छन् । काभ्रेकी भीमा मैनालीले ‘थोरै भए पुगीसरि’, ‘जीवनचक्र’ लगायतका थुप्रै टेलीशृंखला, चलचित्रहरुमा समेत अभिनय गरिसकेकी छन् । साथै उनी रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि काम गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया