आज २०७७ साल वैशाख ३० गते मंगलवार, तदअनुसार मे १२, २०२०, आजको महावाणी – घृणाले बनाएको चोटको खत नराम्रो देखिन्छ भने मायाले बनाएको चोटको खत राम्रो देखिन्छ। -मिगनों मैकलोलिन

तपाईंको आज, मेष – आज जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्ला । शुभकार्यको चर्चा चल्नेछ ।

वृष – आज कार्यमा सम्पादनमा समस्या आउला । पारिवारिक उल्झनमापरि काम विग्रिएला । सरकारी निकाएको भयपनि रहनेछ ।

मिथुन – आज धार्मिक र सामाजिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट – आज चिताएको कामले तीव्रता लिनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

सिंह – आजबाट आयआर्जनका क्षेत्रमा सुधार विस्तारै आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।

कन्या – दुरदराज वा परदेशमा रहेका आफन्तसंग प्रविधि मार्फत भेटघाट हुनेछ । रोकिएका व्यापार व्ययबसाय विस्तारै सुचारु हुन सक्छ ।

तुला – मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

वृश्चिक – धर्म, कर्म, तथा समाजसेवामा मन लाग्नेछ । अरुको मन जित्न सकिनेछ । शुभकार्यको योजना हुनेछ । साँझमा पैसा खर्च बढ्नेछ ।

धनु – आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाम्पत्य जीवन सुखमय नै रहनेछ ।

मकर – स्वास्थप्रति सजक रहनुहोला अन्यथा धन खर्च हुनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । मनमा चञ्चलता बढ्नेछ ।

कुम्भ – मंगल कार्यको योजना बन्नेछ । कृषि कार्यमा सहभागी भईएला । नयाँ रोजगारको अवसरले पछ्याउनेछ । स्वादिष्ट खानेकुरापनि मिलनेछ ।

मीन – आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सफलता र उपहार पाइने सम्भावनापनि छ ।- ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो

तपाईको प्रतिक्रिया