एक समयकी चर्चित गायिका लसता जोशीको ‘मिठो मिठो साथ” बोलको गीत मार्फत नेपाली सांगीतिक छेत्रमा पुनरागमन भएको छ । सुमधुर स्वरकी धनी गायिका जोशीको ‘मिठो मिठो साथ”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसरमा बिहिबार हाइलाइटस नेपालको यु ट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा लसता र प्रभाकरको रोमान्स देख्न सकिन्छ । दुई दशक भन्दा बढी समय देखि नेपाली सांगीतिक क्षेत्रमा स्थापित सफल गायिका जोशीको नयाँ गीति एल्बम ‘आवरण’मा समाबेस गीतमा संगीत स्वयम लसता जोशीकै रहेको छ भने शब्द निराजन भण्डारी, एरेन्जर मोहित मुनालको छ । सोहन मानन्धरको क्यामेरा र सम्पादन रहेको भिडियोको निर्देशन बबिता मानन्धरले गरेकी हुन ।
भिडियो हेर्नुहोस :-

तपाईको प्रतिक्रिया