नेपाली चलचित्र र संगीतको क्षेत्र त्यति ठुलो छैन यो सानो क्षेत्रमा कलाकारितामा लाग्ने कलाकारको सङ्ख्या भने ठूलो छ। कति रहर गरेर आउछ्न त कति करिएर बनाउने सोचका आएका हुन्छन। कति यो क्षेत्रमा हराउछन अनि कति भने टिकिरहन्छ्न। बेला बेला प्रतिभा पलायनको कुरा पनि यो क्षेत्रमा आउँछ कती आफ्नो सपनालाई मारेर बाहिरन्छन र उतै हराउछन। देश बाहिर रहेर पनि देशको कला संगीतलाई माया गर्ने दर्शक र कलाकार देश बाहिर पनि धेरै छन।
यहि मध्यका एक हुन सुदन गैरे, जो नेपाली म्युजिक इन्डस्ट्रीका नयाँ नाम पक्कै होइन। बिगत ८ वर्ष देखि अमेरिकामा बसिरहेका यी गायकलाई गीत संगीतमा सानै देखि रुचि थियो । काठमाडौमा फाइन आर्ट कलेज पढ्दा नै उनले आफ्नो म्युजिकल करिएर सुरुवात गरेका थिए । यसअघि ३ वटा म्युजिक एल्बम सार्वजनिक गरिसकेका यी गायकले केही वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छ्न।

केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको उनको यो गीत ”सानी ”लाई दर्शकले माया र साथ दिएका छन। सुदन गैरेको नै एकल स्वर र संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ भने आशिष अविरलको संगीत सयोजन रहेको छ।
उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी गरेका हुन। म्युजिक भिडियो र फिल्ममा चर्चित कलाकार पल शाह र एलिशा राईको अभिनय भिडियोमा देख्न सकिन्छ । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

तपाईको प्रतिक्रिया