काठमाडौं – फिल्म ‘जय भोले’ले नयाँ रेकर्ड बनाउन थालेको छ ।अशोक शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’ले सबैको मन जित्न सफल भएको छ । अहिलेको अवस्था हेर्द नेपाली फिल्महरू राम्रोसँग नचलिरहेका बेला अशोक शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’कमाल गरेको हो ।फिल्म ‘जय भोले’ले रिलिज भएको पहिलो हप्तामा नै तीन करोड दुई लाख रुपैयाँ कमाइ सकेको छ । डीसीएनकी डिस्ट्रिब्युसन एन्ड मार्केटिङ प्रमुख सीता मैनालीले ‘जय भोले’ले सोमबारसम्म तीन करोड दुई लाख ७२ हजार दुई सय ४९ रुपियाँ कमाइ गरेको बताए ।

निर्देशक शर्माले व्यापारमा पारदर्शिता हुनुपर्ने भन्दै बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको बताएका छन् ।‘छक्का पञ्जा ३’लाई समेत ‘जय भोले’ले पछि पारेको छ । दीपाश्री निरौला र दीपक गिरीको फिल्म ‘छक्का पञ्जा ३’ को यस पटक धेरै चर्चा हुन पाएन । राम्रो फिल्म निर्माण गर्ने श्रेणीमा शर्मा पर्छन् ।निर्देशक शर्माले ‘जय भोले’लाई एक करोड ३५ लाखको लगानीमा बनाएको बताए ।‘जय भोले’को कथा र विषयवस्तु ‘छक्का पञ्जा ३’को भन्दा पनि राम्रो रहेको टिप्पणी आइरहेका बेला ‘जय भोले’को टिमले पत्रकार सम्मेलन गरेर कलेक्सन भएको पैसाको जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया