सेफ अली खान र करिना कपुर बलिउडका निकै चर्चित जोडी हो । कुनै सार्वजनिक कार्यक्रममा होस् वा घरभित्रकै कुनै पार्टी सबैको नजर यो जोडीमा नै अडिएको हुन्छ । यी दुईको सम्बन्ध सुरुवातदेखि नै चर्चामा रह्यो ।

यी दुईको विवाहको दिन बलिउड इन्टष्ट्रिको लागि विशेष दिन नै रह्यो । हालै, सैफले करन जोहरको कफि विद करन कार्यक्रममा आफ्नो विवाहको दिनको एक गोप्य कुरा सार्वजनिक गरे ।

करन जोहरको कार्यक्रममा सारा अली खानसँगै आएका सैफले करिनासँगको विवाहको दिन उनले अमृतालाई एउटा चिट्ठी लेखेको बताए । सैफका अनुसार उनको चिट्ठीमा आफ्ना लागि शुभकामना माग्दै एक अर्कालाई अघि बढ्न हौसल प्रदान गर्नका लागि आग्रह गरे ।

उक्त चिट्ठीमा सेफले अमृतालाई आफू नयाँ जीवनको सुरुवात गरिरहेको पनि जानकारी दिए । यसका साथै उनले अमृतालाई सफलताको लागि पनि शुभकामना दिए । सैफले उक्त चिट्ठी करिनालाई पनि देखाएको बताए । करिनाले चिट्ठी पढेपछि त्यसलाई अमृतालाई पठाउन आग्रह गरेको उनले बताए । चिट्ठी पढेपछि करिना थप सहयोगी भएको सैफले बताए ।

तपाईको प्रतिक्रिया