राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा पछिल्लो पटक निकै उत्कृष्ट सांगीतिक स्वादहरु बजारमा आइरहेका छन् । सोहि क्रममा आफ्नै कला संस्कृति र मौलिकता जगेनार्थ एक निकै मनछुने गीत बजारमा आएको छ । उक्त गीत सरस्वति अर्याल र सबिनराज सेन्चुरीको संयुक्त प्रस्तुतिमा “मेलम्ची दोभान” नाममा बजारमा आएको हो । प्रस्तुत गीतमा सबिनराज सेन्चुरी, सरस्वति अर्याल र सबिना घतानीको सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै प्रतिभावान कलाकार सबिनराज सेन्चुरी र सरस्वति अर्यालको संयुक्त प्रस्तुतिमा “साली नदि साँखुको मेला” बोलको गीत सार्बजनिक भएको थियो । उनीहरु द्वयको संयुक्त प्रस्तुति यस गीतले पनि निकै धेरै श्रोता दर्शकहरुको मन जितेको थियो । अहिले पछिल्लो समयमा बजारमा आएको “मेलम्ची दोभान” बोलको गीतमा लय सुनिल कुमार कोइरालाले भरेका हुन् भने शब्द श्याम रपाल र सबिनराज सेन्चुरीको शब्द रहेको छ ।

गीतको भिडियो पनि निकै आकर्षक बनेको छ भिडियोमा दिपक खड्का आयुष्मा कार्की, जयराम गजमेर सबिता रामदामको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठ, छायांकन सागर गौतम र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया