रोशन पोखरेल , काठमान्डाँै ।

लोकदोहोरीमा सबै भन्दा धेरै प्रशंसक भएका गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसीको आवाज रहेको ”अक्सिजन “ गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत बजारमा सार्वजनिक भएको छ ।

माया प्रेमलाई मुख्य विषयबस्तु बनाइएको गीतमा प्रेमीकाले अर्कैलाई रोज्दा मनमा उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ । समर्पित मन पुष्कलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा शिव कुँवरले लय सिर्जना गरेका छन । गीतमा सारिका के.सी र शंकर ओलीको मनमोहक अभिनय समेत देख्न सकिन्छ ।

सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा निमार्ण पक्षले लिएको छ ।

”अक्सिजन “ गीतको पुरा भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया