राजु बोहरा–काठमाडौँ । गोर्खा जिल्ला स्थायी घर भएका रमेश परियारले बिशेष गरेर नेपाली लोक तथा दोहोरी गीतको मौलिकतालाई ध्यान दिने गर्दछन् । हाल प्रबासमा रहेका उनले यस अगी बजारमा ल्याएका गीतहरुले आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेको हामि पाउदछौं ।
उनै रमेशको लय तथा शब्द सृजनामा नेपाली नारीहरुको महान चाड हरितालिक तीज २०७६ सालको शुभकामना सहित तीज गीत “खुट्टा चिलायो” बोलको गीत पनि भर्खरै सार्बजनिक भएको छ । उक्त गीत आर.सी सापकोटाको नाममा बजारमा आएको हो । गीतमा आर.सी सापकोटा र रेजिना परियारको सुमधुर स्वर सुन्न सकिन्छ ।
“खुट्टा चिलायो” बोलको यो तीज गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, अन्जली अधिकारी, सुष्मिता कार्की, सन्तोष मगरातीको अभिनय देख्न सकिन्छ भिडियोलाई निर्देशन काजिश श्रेष्ठ छायांकन सागर गौतम र सम्पादन दिपक विस्टको रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































