काठमान्डौ भाद्र २८ – गायिका तुलसी घर्ति मगरको मौलिक चुट्का ”डाडा घरे सानु” अहिले नेपाली सांगीतिक बजारमा आएको छ । युवा पुस्ताका चर्चित गायक मौसम गुरुङ र तुलसी घर्ति मगरको स्वरमा गीतमा ओम छिनालको शब्द तथा गायक मौसम गुरुङको लय सिर्जना रहेको छ । गायक मौसम गुरुङ भन्ने बितिकै निकै बिछोड र पीडाको गीत गाऊने गायक भनेर चिनिन्छन् तर यो यसपाली भने गायिका तुलसी घर्ति मगरको मौलिक कौडा गीत मार्फत “डांडाघरे सानु” आफ्नो स्वर भरेका हुन् । भखर मात्र बजारमा सार्बजनिक भएको ”डाडा घरे सानु “ लाई नेपाली गीत संगीतलाइ माया गर्ने दर्शक हरुले उक्त गीत तथा भिडियोलाई माया गर्दिनु भाको छ ।

करण चैंसिरको छायांकन रहेको सार्वजनिक यस गीतको म्युजिक भिडियोमा जुना गुरुङ र साथीहरुको अभिनय रदेख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई गायक मौसम गुरुङको नै निर्देशन रहेको छ भने, बिष्णु शर्माको सम्पादन रहेको छ । गीतको अडियो तथा भिडियोलाई गायिका तुलसी घर्ति मगरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया