काठमाण्डौ असोज २७ – स्थायी घर रामेछाप रहेका कलाकार रामकुमार नेपाली बिभिन्न रियालिटी सो मा भाग लिंदै उच्च स्थान हाँसिल गरेर सबैको मन मुटुमा बास बस्न सफल बनेका छन् । सोहि क्रममा उनि अहिले लोक स्टारको पहिलो संस्करणमा पनि फाइनल राउण्डमा प्रबेस गरिसकेका छन् । सबै सहभागी प्रतिभा उत्तिकै बलियो भएता पनि रामकुमार नेपालीलाई आईएमई नेपाल लोक स्टारका दावेदारको रुपमा लिन थालि सकिएको छ । गत शुक्रबार रामकुमार नेपालीले उत्कृष्ट लोक गीत प्रस्तुत गर्दै उत्कृष्ट चार फिनालिमा प्रबेश हुन सफल भएका हुन् । आईएमई नेपाल लोक स्टार रियालिटी सो को इतिहासमा रामकुमार नेपालीले पाँचौ पटक पर्फर अफ द डे बन्नेर आफ्नो कला गलाको परिचय दिन पनि सफल भैसकेका छन् ।

फिनालिमा फस्टको पुरस्कार ५० लाख, सेकेन्डको २५ लाख, थर्डको १५ लाख र सान्त्वनालाई ५ लाख रहेको आयोजकले जनाएको छ ।
फिनालिको लागि गत असोज २५ गते १२ बजे देखि कार्तिक ८ गते १२ बजे सम्म बढि भन्दा बढि भोट गर्न सकिने छ । बहुप्रतिभाका धनि रामकुमार नेपालीले आम नेपालिहरु माझ आफुलाई भोट गरेर लोक स्टारको प्रथम उपाधि दिलाई दिनुहुन अनुरोध गरेका छन् । उनि भन्छन्, सम्पूर्ण नेपालीले लगाउनु भएको यो गुण लाई नेपाली भूमिमा नै रहेर गीत संगीतको माध्यम बाट तिर्ने छु ।

रामकुमार नेपालीलाई भोट गर्ने तरिका

मोबाइलको म्यासेज बक्समा गएर क्यापिटल L<स्पेश>23 टाईप 37000 मा सेन्ड गर्ने ।

कतारबाट Ooredoo L<स्पेस>23 टाइप गरि 92300 मा सेन्ड गर्ने ।

इन्डियाबाट भोडाफोन, आइडिया र BSNL प्रयोगकर्ताहरुले L<स्पेस> 23 टाइप गरि 53010 मा सेन्ड गर्ने ।

नेपालको ल्यानलाइनबाट भोट गर्न 166677 डाइल गरि भोटिङ कोड 23 डायल गर्ने ।

अन्य ठाउबाट IME PAY मार्फत गर्न सकिने छ ।

हामी हाम्रो तर्फबाट सम्पूर्ण नेपालीहरुको साथले बहुप्रतिभाका खानि रामकुमार नेपाली, नेपालको पहिलो लोक स्टार बन्ने कुरामा निश्चिन्त रहँदै  शुभकामना ब्यक्त गर्दछौं ।

लोक स्टारको पछिल्लो भाग हेर्नका लागि तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया