राजु बोहरा–काठमाडौँ । भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद अहिले निकै चर्किएको छ । यसको बिरुद्धमा देशभर प्रदर्शन भैरहेका छन् । जनस्तर, राजनीतिक तह लगाएतबाट पनि खबरदारी भैरहंदा, अहिले नेपाली कला क्षेत्रबाट पनि चर्को बिरोध हुन थालिसकेको छ । शब्द लेख्नेले लेखेका छन्, गाउनेले गाएका छन्, अनि संगीत भर्नेले संगीत भरेका छन् । यो आवस्यकता पनि हो । हाम्रो देशको सिमामा त्यसरी अतिक्रमण गरिन्छ भने हरेक तह तप्काबाट बिरोध हुनु जरुरि छ ।
प्रसङ्ग नेपाली गीत संगीत क्षेत्रकै । अहिले भर्खरै “सिमा रक्षा” नाम रहेको एउटा गीत सार्बजनिक भएको छ । उक्त गीतमा प्रबासमा रहने नेपालीहरुलाई पनि भिषाको प्रोसेसमा लाग्नको लागि अनुरोध गरिएको छ । हाम्रो देशको सीमामा कसैको गिद्दे नजरलाग्छ भने सम्पूर्ण नेपाली त्यसको बिरुद्धमा आन्दोलित हुनुपर्छ पर्छ भन्ने मुख्य विषयवस्तुलाई उठाइएको गीतमा नबराज घोरासैनी, कुमार पौडेल, सुर्यमणि आचार्य, निकेश तामाङ्ग, निरु कार्की, गोबिन्द ढुंगाना,माधब थापा, बाबुराम भट्टराई र रादिप सुनुवारको सुमधुर स्वर सुन्न सकिन्छ । माधब थापा द्वारा लय शब्द भरिएको गीतलाई सुनाखरी मल्टी मिडिया फाउन्डेसनले सार्बजनिक गएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































