राजु बोहरा–काठमाडौँ । देशमा भएको ब्यरोगारी समस्याको कारण दिनप्रतिदिन आम नेपालीहरु परदेशिने क्रम जारी छ । यसरी स्वदेशको युवा शक्ति विदेशिने कारणले गर्दा अहिले गाउँघरमा बृद्ध बुबा आमा भन्दा कोहि नभेटिने गरेको छ । यो त भयो एउटा परिवारको कुरा । अर्को कुरा यसरी युवा शक्ति परदेशी भएपछी आफ्नै देशको समुन्नतिका निमित्त पनि निकै समस्या भएको अनुमान गर्न सकिन्छ । अहिले भारतले नेपाली भुमि आफ्नो नक्सामा पार्दा खबरदारी गर्ने शक्तिमा पनि न्यूनता आएको पक्कै हो । हो यस्तै पेरिफेरीमा रहेर कयौं नेपालीलाई स्वदेशको समुन्नतिका निमित्त फर्काउन एक “फरक दाजुभाई” बोलको गीत भर्खरै बजारमा आएको छ । उक्त गीत लक्ष्मण न्यौपानेको नाममा बजारमा आएको हो ।
प्रस्तुत गीतमा लक्ष्मण न्यौपाने, शोभा त्रिपाठी, गोबिन्द थापा, अम्बिका देवकोटाको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई राष्ट्रिय भाव स्वरूप शब्द लक्ष्मण न्यौपाने, (कुल) बिष्णु ढकाल र लय टिका बम्जनले तयार परेका हुन् । गीतको म्युजिक भिडियोलाई पनि उत्तिकै लोभलाग्दो ढंगबाट तयार पारिएको छ । “फरक दाजुभाई” बोलको गीतको म्युजिक भिडियोमा अनिता थापा र क्रेज सेंचुरीको अभिनय देख्न सकिन्छ ।सुरज ढकाल द्वारा निर्देशित भिडियोलाई छायांकन मरुभूमि नारायणले गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































