राजु बोहरा–काठमाडौँ । प्रतिभावान गोर्खाली युवा सर्जक रमेश परियारको लय शब्दमा भर्खरै मात्र अशोक सुनारको लोक दोहोरी गीत “रोधीघर” बजारमा आएको छ । अहिले नेपालमा धेरै दोहोरी साँझहरु खुलेका छन् । दिनभरिको लखतरान थकाई प्रत्यक्ष दोहोरीबाट मेटाउनका लागि पनि मानिसहरु दोहोरी साँझ जाने गरेका हुन्छन् । उनीहरुले त्यहि चिजको आशा गरेका हुनछन् कि दोहोरी साँझ पुगेपछि मौलिक स्वादमा रमाउँ । तर प्रस्तुत गीतमा गायक अशोक सुनारलाई अर्कै दाऊ लिएर दोहोरी साँझ पुगेको आरोप गायिका प्रिती आलेले लगाएकी छिन् । उनको यो आरोप वास्तविक रुपमा नभई एक गीत भित्रको रोमान्चक भाव मात्र हो ।

प्रस्तुत गीतमा अशोक सुनार र प्रिती आलेको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई रमेश परियारले रोमान्चक ढंगबाट लय शब्द तयार परेका छन् । सर्जक रमेश द्वारा श्रीजित धेरै गीतहरुले यस भन्दा अगाडी पनि अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेको छ । “रोधीघर” बोलको गीतको म्युजिक भिडियोमा गीत रोमान्चक भावनुसार अशोक सुनार, अन्जली अधिकारी र अनिल परियार देखिएका छन् । यस गीतको म्युजिक भिडियोलाई निर्देशन कजिश श्रेष्ठले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन दिपक विस्टले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया