काठमाडौं मंगसिर १२ / अशंख्य श्रोता तथा दर्शकहरुको मन मुटुमा राज गर्न सफल नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल लोकप्रिय गायक, सर्जक तथा मोडल रामजी खाड र बिष्णु माझीको सुमधुर स्वरमा रामजी खाडको उत्कृष्ट लोकदोहोरी गीत ’पानको पत्ता’ बोलको गीत भर्खरै बजारमा आएको छ । गीतलाई रामजी खाड आफैले लगानी गरेका छन र उनकै युट्युब च्यानल मार्फत उक्त गीतलाई सार्बजनिक गरिएको हो ।
नेपाली लोकदोहोरी इतिहासमा रामजी खाडको धेरै गीतहरु चर्चित छन् । उनको यो “पानको पत्ता” बोलको गीत पछिल्लो प्रस्तुति हो । गीतलाई लय रामजी स्शवयम्ब्द ले भरेका हुन् भने शब्द तेजाश रेग्मीको रहेको छ । गीतको म्युजिक भिडियोमा आकर्षक नृत्य सहितको अभिनय रामजी खाड र कबिता नेपालीको रहेको छ । मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई छायांकन नबराज उप्रेती र सम्पादन प्रविन भट्टले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































