राजु बोहरा–काठमाडौँ । स्थायी घर धादिङ्ग रहेकी गायिका गीता सेन्चुरीले बिगत निकै लामो समय यता नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो जिबन समर्पित गर्दै आएकी छिन् । उनले यस अगी थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् । उनै गीताको प्रस्तुतिमा पछिल्लो समय “माझी दाइ” बोलको गीत पनि सार्बजनिक भएको छ ।

नेपाली गीत संगीतको क्षेत्रमा ब्यवसाहिकता न्यून भैरहंदा धेरै कलाकारहरुले स्टेज लक्षित गीतहरु नै बजारमा ल्याइरहेका छन् । प्रस्तुत गीत पनि सोहि ट्रेन भन्दा फरक छैन । गीतमा गीता सेन्चुरीको साथमा नेत्र भण्डारीको पनि सुमधुर स्वर सुन्न सकिन्छ । मिजासिलो सोभावकि गायिका गीताको यस प्रस्तुतिलाई लय धुर्बराज धितालले भरेका हुन् भने शब्द प्रदिप अधिकारीको रहेको छ । सर्जक द्वय प्रदिप र धुर्बराज लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक रथको दुई पांग्रा झैँ सहकार्य गरिरहेका छन् । उनीहरु द्वारा सुसजित गीतहरु पनि प्रसस्तै बजारमा रहेका छन् ।

“माझी दाइ” बोलको गीतको म्युजिक भिडियोमा बिजु पार्की र कविता नेपालीको आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन अर्जुन तिवारी र समुह साथै सम्पादन मिलन बिस्वकर्माले गरेका छन् । गीतमा ग्रुप भोकलको रुपमा धुर्बराज धिताल, सुमन परियार, प्रेमा राना मगर र रुपी सिंजाली मगरको पनि अत्यन्त लोभ लाग्दो कला सजिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया