काठमाण्डौ माघ १६ – बहु प्रतिभाशाली गायक एबं सञ्चारकर्मी कृष्ण समीप सुबेदीको बिल्कुलै पृथक गीत “चल न माया चल” सार्बजानिक भएको छ । यस गीतले छोटो समयमै चर्चा कमाउने अनुमान गरिएको छ । हालः यो गीत टिकटकमा भाईरल भईरहेको छ ।

गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका छन् । “चल्न माया चल् ” बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्वजनिक गरिएको हो । गायक कृष्ण समीप सुवेदीले बिगत सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका हुन् । “चल्न माया चल्” बोलको गीत भिडियो आफनै यूट्यूब मार्फत सार्वजनिक गरेका छन् ।

यसअघि “सिर सिर बतास” , “मेरो कल्पनामा आउने मान्छे तिमी”, “मनको तिर्खा मेट्न”, “माझी दाईको जिन्दगी” जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि पुनः संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए ।

शब्द तथा संगीत, स्वर कृष्ण समिप सुबेदी स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छिन् । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एसडिएस “लास्ट किङ्ग” र जुना सुन्दासको अभिनय रहेको छ ।

भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ । बजारमा आएको छोटो समयमा नै गीतले चर्चा पाएको छ। गीतमा प्रयोग गरिएको देउडा शैलीको प्रयोगलाई अत्याधिक रुचाइएको छ । कस्तो छ त गीत हेर्नुहोस् भिडियो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया